नायक नायिका सँगै बसेर मेयर हर्कले हेरे जारी

धरान: नायक दयाहाङ राई नायिका मिरुना मगर सहित जारी फिल्मका कलाकारहरू धरान आएका छन्। वैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औँ सोलाइ धरानको फ्रेन्ड्स सिने (बराह मल) मा हलले आयोजना गरेको विशेष शो हेरेर दर्शकहरुसॅग माया साटी २५ दिनको विशेष सो धरानमा मनाएका कलाकारहरू धरान आएका हुन्।

जारी चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार विजय बराल, प्रेम सुब्बा , रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरू दर्शकहरूसँग बसेर चलचित्र हेरेका छन्। लिम्बू संस्कृतिमा आधारित रहेर बनाइएको जारीको विशेष शो मा कलाकारहरूलाई लिम्बू च्याब्बूङ नृत्यसहित स्वागत गरिएको थियो। धरानको कोकाहा खानेपानी अभियानमा जारी फिल्मले २ लाख सहयोग गरेको थियो। आज मेयर हर्क साम्पाङले जारी फिल्मका टिमलाई धन्यवाद पत्र प्रदान समेत गरेका थिए।

मेयर साम्पाङले समेत नायक नायिका सँग बसेर फिल्म हेरेर कतै रुवाउने कतै हँसाउने चलचित्र रहेको प्रतिक्रिया दिए। नायिका मेरुना र रेखा धराने भएकाले धरानमा अन्य स्थानमा भन्दा औधी रुचाइएको चलचित्र जारी रहेको हालसम्म पनि टिकट पाउन पनि मुस्किल रहेको दर्शकले बताएका छन्।

तपाईको प्रतिक्रिया