काठमाडाैं । गायिका समीक्षा अधिकारीको जीवनमा आएको उतारचढावबारे सबै राम्रैसँग जानकार छन्। सानै उमेरमा सांगीतिक क्षेत्रमा लोकप्रिय बनेकी उनको जीवनमा आइपरेको समस्या र उनले लडेको कानुनी लडाइँ समाजबाट लुकेको छैन।तर उनले थालेको कानुनी संघर्ष बीचमै लरबरायो। अर्थात् पीडकले अदालतबाट सफाइ पाए। त्यसपछि समीक्षालाई सामाजिक सञ्जालमा आएका गालीगलोज हेरिसाध्य छैनन्। यो क्रम अझै रोकिएको छैन।त्यसो त मुद्दा लड्दालड्दै समीक्षा कसरी ‘होस्टाइल’ भइन् भन्ने कुरा पनि धेरैलाई थाहा छ। तर पनि उनैलाई दोष लगाउने सिलसिला जारी छ।
यसैबीच समीक्षाले एक टेलिभिजन कार्यक्रमको संवादमा पल शाहको मायाले आफू पछाडि हटेको दाबी गरेकी छन्।अन्तर्वार्ता दिँदै उनले भनेकी छन्, ‘उहाँलाई छुटाउने मसँग त्योबाहेक अर्को विकल्प थिएन।’समीक्षाले उजुरी दिने निर्णयमा पनि आफू त्यत्तिकै नपुगेको बताएकी छन्। उनले आफूलाई मार्ने धम्की आएपछि डरले उजुरी दिएको उल्लेख गरेकी छिन्। उनले भनेकी छन्, ‘उहाँको टिमका मानिसले मलाई मारेर गायब पारिदिनेसम्मका धम्की दिएका थिए। बाआमाको काखमा खेलेर बस्नुपर्ने उमेरमा म त्यो धम्कीसँग डराएँ।’