इटहरी । गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को पाथीभरा माताकाे भजन “पाथिभरा माताकी जय जय” सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दिया, सररर इज्निने गाडीमा , डाँडाघरे काका मरे, सुनकाे सिक्री, मर्गेली हम, काका हरायाे लगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको “पाथिभरा माताकी जय जय” भजन सार्वजनिक भएको हो । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर, शब्द तथा संगीतमा रहेको सो भजनमा जाेनी तामाङकाे एरेन्ज रहेकाे छ । सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै, ज्याक, खेमराज भट्टराइ, कृष्ण सुवेदीलगायतहरूको अभिनय रहेकाे छ । भिडियाेमा हेमन्त तामाङकाे सम्पादन रहेकाे छ । हेर्नुहाेस् भिडियाे