इलाम महोत्सवः प्रमोद खरेलको कन्सर्टमा भागदौड मच्चिँदा दर्जनबढी घाइते

इलाम । इलाममा नयाँ वर्षको सन्दर्भ पारेर आयोजित महोत्सवमा प्रमोद खरेल सहभागी सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा करीब एक दर्जन दर्शक घाइते भएका छन् । इलामको टुंडिखेलमा आज साँझ भएको सांगितिक कार्यक्रममा धेरै भीडभाड भएर गेटबाट छिर्ने क्रममा एक दर्जन व्यक्तिहरू घाइते भएका जनाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल इलाममा ल्याइएको छ । यसअगाडि धनकुटा महोत्सवमा पनि गायक प्रमोद खरेलको कन्सर्ट हेर्न पुगेकाहरू अनियन्त्रित भीडमा परेर २५ बढी घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया