इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

मुम्बई / बलिउडका एक्सन स्टार विद्युत् जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन् । उनीहरुले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए ।

 

विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए । यद्यपि उनीहरुले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रुपले अलग रहनु उनीहरुको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरु निकट स्रोतले भनेको छ ।

 

उनीहरुले सन् २०२१ मा आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले सामाजिक सन्जालमार्फत आफूहरु इन्गेज्ड भएको जानकारी दिएका थिए । उनीहरुले एकअर्काको सम्मान गर्दै साथी सम्बन्ध भने कायमै राख्ने जनाएका छन् । 

तपाईको प्रतिक्रिया