जान थाले पल शाह सार्वजनिक कार्यक्रममा

काठमाडौं / अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

 

यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । 

मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखेका छन् । 
 

 

तपाईको प्रतिक्रिया