विराटचाेकमा फिल्म हल पु:न सञ्चालनमा

सुन्दरहरैँचा / लामो समय देखी बन्द अवस्थामा रहेको विराटचाेकको सुकुना चलचित्र मन्दिर पु: न सञ्चालनमा आएकाे छ । बिराट सिने नामबाट उत्त हल सञ्चालनमा आएकाे हाे । विराट सिने हलमा पहिलो नेपाली फिल्म छक्का पञ्जा ४ शुक्रबार देखि प्रर्दशन भएको उत्त हलका सञ्चालक तथा फिल्म क्षेत्रका निर्माता चिरञ्जीवी वस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारकाे सम्मान तथा कला सँस्कृतिकाे जगेर्ना गर्ने भएकोले हल सञ्चालनका लागि स्थानीयकाे साथ सहयाेग हुन जरूरी रहेको उल्लेख गरे।

तीन जना लगानी कर्ताकाे ४ कराेड भन्दा माथिकाे रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएकाे निर्माता वस्नेतले बताए । विराट सिने हलमा १ सय ३० सिट क्षमता रहेको छ । विराटचाेककाे सिनेमा हललाइ विगत २ दशक अघि स्थानीय गणेश खड्का,इश्वरी विष्ट ,केसव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

“अहिले एउटा पर्दा सञ्चालनमा आए काे छ ” सञ्चालन वस्नेतले भने “अब केहि समय पछि दाेस्रो पर्दा २ सय ६० क्षमताकाे हुनेछ “। सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलकाे खाँचो भएकोले त्याे अभावलाइ बिराट सिनेले पूरा गरेर दर्शकलाइ मनाेरञ्जन प्रदान गर्न सफल हुने विश्वास लिएकाे वडा न. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया