इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजले “नमुना कलेज मिस्टर एण्ड मिसेस फ्रेसर्स” तथा नयाँ बिद्यार्थीहरूलाइ स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कलेजले आयोजना गरेको मिस्टर फ्रसर्स तर्फ रूपक श्रेष्ठ, तुसार ढकाल र सन्देश गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने मिस फ्रेसर्स तर्फ इछिका कडेरीया, वर्षा श्रेष्ठ र भावना खड्का क्रमशः प्रथक द्वितिय र तृतीय हुन सफल भएका थिए । विजेताहरूले क्रमशः नगद रु १० हजार,५ हजार र २ हजार ५ सय रुपैयाँ साथै प्रमाणपत्र प्राप्त गरेका थिए ।
यस्तै अन्य विधामा वेस्ट स्माइलतर्फ भावना घिमिरे,मस्ट ट्यालेन्टतर्फ नेहा माझी,पब्लिक च्वोइसतर्फ एलिशा खरेल र वेस्ट कपल वाल्कतर्फ शिखा पाठक र प्रकाश चौहान चयन भएका छन् । कार्यक्रममा मोडल तथा कलाकार दिनेश कोइराला र रङ्गकर्मी मौसमी कार्की,मेरिना लिम्बु निर्णायक भूमिकामा थिए ।
इटहरी नमुना कलेजले विगत केही बर्सदेखि विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस्टर एण्ड मिस फेसर्सको आयोजना सँगै कलेजले प्रथम वर्ष तथा प्रथम सेमेस्टरका विद्यार्थीहरुलाइ स्वागत गरेको हो । आयोजित कार्यक्रममा बि एच एम,बी सी ए,बी एस डब्लु र बी बी एसका विद्यार्थीहरूले नयाँ आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका थिए ।
कलेजले स्नातक तहमा वि.वि.ए, वि.एस.डब्ल्यु., वि.सी.ए. वि.एच.एम. वि.वि.एस.का कोर्सहरू सञ्चालन गर्दै आएको छ । साथै सुनसरीमा पहिलो पटक प्लस टु मा कानुनको पढाई सुरु गर्ने पहिलो कलेजका रूपमा समेत रहेको छ । साथै कक्षा 11/12 मै साइन्स, कम्प्युटर, म्यानेजमेन्ट विषयको समेत पठनपाठन गरिरहेको छ शिक्षा क्षेत्रमा समर्पित र अनुभवी शिक्षक तथा व्यवस्थापकहरू रहेको यस कलेजमा विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि खेलकुद लगायतका सुविधा समेत उपलब्ध गराएको छ । विद्यार्थीहरूको बौद्धिक विकासकालागि विभिन्न प्रकारका प्रतियोगिताहरू समेत आयोजना गर्दै आएको छ । पठनपाठनका आधुनिक पद्धतिहरू अवलम्बन गर्दै यस कलेजले प्रयोगात्मक क्रियाकलापहरूलाई पनि उत्तिकै जोड दिँदै आएको छ ।