राजन श्रेष्ठ, मिना सिंहको स्वर तथा वसन्त बस्नेतको निर्देशनमा “कहाँ खाेजु तिमिलाई” सार्वजनिक

काठमाडौँ / गायक राजन श्रेष्ठ तथा गायिका मिना सिंहको स्वरमा रहेको “कहाँ खाेजु तिमिलाई” गीत सार्वजनिक भएको छ । राजु श्रेष्ठको शब्द, महेश ज्ञावालीकाे सङ्गीत रहेको उक्त गीत ओएसआर डजिटिल डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । वसन्त बस्नेतको निर्देशन रहेको उक्त गीतमा स्वयम् वसन्त बस्नेत तथा सुमी श्रेष्ठको अभिनय रहेको छ । बिएस स्टुडियोको पोस्ट प्राेडक्सन रहेको उक्त भिडियोको सिनेमेटाेग्राफर विशाल श्रेष्ठ रहेका छन् । भिडियो पूर्वी नेपालका सुनसरी, तेह्रथुम, धनकुटा लगायतका स्थानहरूमा छायाङ्कन गरिएको छ ।

तपाईको प्रतिक्रिया