फेवा सिंगिङ एण्ड डान्सिङ आइडलको उपाधि सायोनी, आरजु र मिसालाई

सुन्दरहरैँचा / मोरङको केराबारी गाउँपालिका वडा न. १० मा आयोजना भएको फेवा सिंगिङ एण्ड डान्सिङ आइडलको ग्राण्ड फिनालेको उपाधि सायोनी आरजु र मिसाले हात पार्नु भएको छ । फेवा सेकेण्डरी ईग्लिस बोर्डिङ स्कुलको आयोजनामा भएको पहिलो संस्करणको सिंगिङ आइडलको उपाधि सायोनी ठकुरीले हात पर्नु भएको हाे । सर्वाधिक भोट समेत प्राप्त गरी ठकुरीले पब्लिक च्वाइस अवार्ड पनि हात पार्नु भएको छ ।प्रतियोगिताको फष्ट रनरअप क्षितिज थापा र सेकेण्ड रनरअप इशाक तामाङ घोषित हुनु भयाे ।

त्यसैगरी चौथो संस्करण अन्तर्गत भएको डान्सिङ आइडलको उपाधि सिनियर तर्फ आरजु राई र जुनियर तर्फ मिसा मगरले हात पार्नु भएको छ। जुनियर तर्फबाट प्रमिसा तामाङ र एलिसा याखा क्रमश फस्ट रअनरअप र सेकेण्ड रनरअप घोषित हुनुभयाे । विभिन्न चरण पार गर्दै डान्सको सिनियर तर्फ ४ र जुनियर तर्फ ४ जनाविच अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको नृत्य तर्फ कृति लिम्बू सिनियर तर्फ आरजु थापा ,जुनियर तर्फ क्रमश फस्ट र सेकेण्ड रनरअप घोषित हुनु भएको छ। नृत्यमा सिनियर तर्फ सर्वाधिक भोट ल्याई आरजु राई र जुनियर तर्फ मिसा पव्लिक च्वाईसको अवार्ड समेत हात पार्न सफल हुनुभयाे । विजेताहरूलाई हास्य कलाकार सूवोध गौतमले स्ट्राइप , विशेष अतिथ खदम क्याम्पस प्रमुख टेकवहादुर थपलियाले प्रमाणपत्र , नगद तथा कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं.१ का प्रदेश सभा सदस्य खड्गवहादुर वस्नेतले ट्रफि हस्तान्तरण गर्नुभएको थियो ।

बालबालिकाहरूमा रहेको प्रतिभालाइ विकास गरि गायन प्रतियोगिताको पहिलो संकरणमा विभिन्न ९७ प्रतियोगिहरू विच प्रतिस्पर्धा गराइएको आयाेजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश चेम्जोंगले जानकारी दिनुभयाे ।`विभिन्न चरण पार गर्दै अन्तिममा पुगेका प्रतियोगी विच फाइनलमा प्रतिस्पर्धा गराइएको हाे। चेम्जोंगले भन्नूभयाे“दर्शकको ३० प्रतिशत तथा निर्णायकको ७० प्रतिशत भोटिङबाट उत्कृष्ठ तीनमा परेकाहरूलाई विजय घोषणा गर्दै उपाधि दिएको हो । प्रतियोगितामा लोक गायक दुर्गा पराजुली र गायक तथा संगितकार रमेश सुवेदी लगायतका कलाकारहरूले साँस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गर्नु भएको थियाे ।

तपाईको प्रतिक्रिया