धरान स्थित श्रम संस्कृति पार्कमा पुगे चलचित्र “ह्यारि कि प्यारी”का कलाकारहरू

‘कलाकार क्षेत्र ‘ नाम राख्छौः मेयर हर्क

धरान / नेपाली चलचित्र “ह्यारि कि प्यारी” प्रमोसनका लागी धरान आएको कलाकारहरूको टोलीले धरानको श्रम संस्कृति पार्कमा १ सय वटा रुद्राक्षका बिरुवा हस्तान्तरण गरेका छन्। धरान स्थित निशाने दोभानमा बिहान ८ बजे हास्य कलाकार मुन्द्रे अर्थात् जितु नेपाल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बरालसँगै फिल्म ह्यारी की प्यारीका निर्देशक डा.कपिल रिजाल, फिल्मका लेखक तथा कार्यकारी निर्माता सुदिप बराल पुगी सो बिरुवा प्रदान गरेका हुन्।उनीहरूसँगै नेपाल वायु सेवाका क्याप्टेन तथा कलाकार विजय लामा, चर्चित मोडल एलिशा राई र निर्देशक मिलन चाम्स लगायतहरूकाे समूहले सो बिरुवा हस्तान्तरण गरेका हुन् । जसमा क्याप्टेन लामा, मोडल राई र निर्देशक चाम्स भने सुनसरीको झुम्कामा आयोजित आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन आएका थिए।

मेयर हर्क साङपाङले रुद्राक्षका बिरुवा ग्रहण गर्दै त्यो क्षेत्रको नाम “संस्कृति पार्क – कलाकार क्षेत्र” राखिने समेत जनाएका छन् । मेयर साङपाङले कलाकारहरूको टोलीले नेपाली चलचित्रलाई माया गर्न आग्रह गर्दै माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हेरिदिन समेत आह्वान गरेका थिए । चलचित्रमा जितु नेपाल ह्यारी र साम्राज्ञी प्यारीको भूमिकामा रहेका छन्।

तपाईको प्रतिक्रिया