बर्जुमा खेसरीलालले स्टेज तताइरहदा बाहिर ढुंगामुढा : टिकटकाे मुल्य ५०० बनाउदा झडप

प्रहरी सहित ५ जना घाइते 

इटहरी । सुनसरीको बर्जू गाउँपालिका ६ स्थित बर्जू महोत्सवमा प्रहरी र स्थानीय बिच झडप हुँदा ५ जना घाइते भएका छन् । भोजपुरी सुपर स्टार खेसरी लाल यादवले स्टेजमा प्रस्तुति दिँदै गर्दा बाहिर झडप भएको हो । झडपमा एक जना प्रहरी सहित ५ जना स्थानीयहरू घाइते भएका छन् । आयोजकले टिकटाके मूल्य एकासी बढाएको भन्दै गेट बाहिर नाराबाजी गर्न थालेपछि उत्पन्न विवाद झडपमा परिणत भएको थियो ।

यो वर्ष खेसरीलाल यादवले स्टेजमा आफ्नो प्रस्तुति दिँदै गर्दा बाहिर टिकटाके मूल्य बढाएको भन्दै झडप भएको थियो । झडपमा सुनसरी गौतमपुरका २३ वर्षीय हिम अन्सारी , मोरङ घनपालका सिताराम महतो , देवानगञ्जका रञ्जित महतो लगायत घाइते भएका छन् ।
आयोजकले टिकटाके मूल्य एक्कासि ५ सय पुर्याएकाे भन्दै स्थानीयले गेट बाहिर ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर ठुलो झडप भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यस अघि महोत्सवमा टिकट दर १०० रूपै या रहेको थियो तर भोजपुरी कलाकार यादवको आगमन सँगै टिकट दर बढाएर रु ५०० बनाएपछि विवाद भएको र सामान्य झडप हुन पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विवाद र झडप हुन थालेपछि बर्जू महोत्सव स्थल केही समय तनावग्रस्त बनेको थियो । हरेक वर्षको माघ महिनामा बर्जू महोत्सवको आयोजना हुँदा टिकटकै निउमा विवाद हुने गरेको छ । गत वर्ष माघ ४ गते पनि टिकटाके मूल्य बढाएको तर खेसरीलाल यादवलाई नल्याएको भन्दै ४ वटा स्कारपिअाेमा आगजनी समेत भएको थियो ।

स्थिति साम्य बनेपछि स्टेजमा भोजपुरी सुपरस्टार खेसरी लाल यादवले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । बर्जू महोत्सवमा उनै खेसरीलाल यादवलाई हेर्नकालागि सुनसरी , मोरङ , झापा ,हुदै पोखरा , काठमाडाै र भारतको विभिन्न क्षेत्रबाट ३० हजार भन्दा बढी मानिसहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया