श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को काका हरायाे

इटहरी । गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को नयाँ गीत “काका हरायाे” सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दिया, सररर इज्निने गाडीमा , डाँडाघरे काका मरे, सुनकाे सिक्री, मर्गेली हम लगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको “काका हरायाे” बोलको गीत सार्वजनिक भएको हो । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर संगीतमा रहेको सो गीतमा अच्यूत अधिकारी (व्याए भुटान) काे शब्द, सुरज श्रेष्ठकाे एरेन्ज रहेकाे छ ।

सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै अच्यूत अधिकारी (व्याए भुटान), कृष्ण काफ्ले, कृष्ण सुबेदी, निरू कार्की,डम्बर राई, अार्यन शर्मा, दिपेश पाेखरेल, गणेश प्रसाद भट्टराइ, सन्जय काेइराला,सबिना प्रधान, सरिता ढकाल, अस्विना दाहाल, अनुजा पाैडेल, रितु अधिकारी लगायतहरूको अभिनय रहेकाे छ । भिडियाेमा हेमन्त तामाङकाे सम्पादन रहेकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया