हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक

काठमाडौं / वरिष्ठ लाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् । एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ । गीतले विकास सुस्त र भ्रष्टाचार गतिशील भएकोप्रति व्यंग्य गरेको छ ।

भिडियोको एनिमेशन निर्देशक अर्जुन पोखरेलले गरेका छन् भने यसको कथा दिपक आचार्यले तयार पारेका हुन् । यसमा नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=ytWM7JgIdBQ&t=2s

तपाईको प्रतिक्रिया