राजु लामाको गीत गोरी ना गोरी सार्वजनिक

सुन्दरहरैँचा / नेपाली गीत सांगितिककाे बजारमा चिर परिचित तथा पहिचान बाेकेकाे नाम हो राजु लामा । द भोइस अफ नेपालको जज भइ सकेपछी लामाको चर्चाले अझै आकाश छोएको छ । राजुले गाएका अधिकाश गीत हिट नम्वरमा पर्छन्। सुमुधुर स्वरका धनी राजु लामाले गाएको ” गोरी ना गोरी बोल ” को गीतको भिडियो हाल सार्बजानिक भएको छ।

केशु गुरुङ्गले साथ दिएको उत्त युगल गीतमा संगीत र रचना उत्तम थापा मगरको रहेको छ । मनाङ्गको सुन्दर ठाउँहरूमा छायांकन गरिएको यस भिडियोमा अनुश लामा ,पुर्णिमा थोक्कर लामाको अभिनय रहेको छ । मिलन शंकर क्यामेरा मेन रहेको उत्त भिडियोलाई फराज अर्पनले सम्पादन गरेका छन् । ड्रोन अपरेटर अबिनाश मानन्धर रहेको छ्न ।

समिप इन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको यस गीतको भिडियोमा तामाङ शैलिको गीतलाई भिन्नै रूपले पस्तुति दिएर दर्शक स्रोता साझ ल्याएकाे निर्देशक दिलिप समनले जानकारी दिए।

तपाईको प्रतिक्रिया