अङ्ग्रेजी नयाँ वर्षमा इटहरीवासीलाई हँसाउन मनोज गजुरेल आउँदै

इटहरी । विगतका वर्षझैँ यस वर्ष पनि अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर इटहरी स्थित ओसिएन पार्कले पुस १६ गते साङ्गीतिक साँझ कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा मुख्य आकर्षकको रूपमा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र इटहरीका बाल गायक प्रितम आचार्यको मुख्य प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने जनाइएको छ । इटहरी नगरवासी लगायत आगन्तुकहरूलाई मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुति राखिएको ओसिएन पार्कका सञ्चालक डम्बर तामाङले जानकारी दिए ।

कोरोना काल पश्चात् तनावपूर्ण रहेको वातावरणलाई हटाउन र प्रदेश एकको पर्यटन क्षेत्रको प्रर्वदन गर्न यो पटक बच्चा देखि वृद्ध सम्मले रुचाउने र मन पराउने राष्ट्रिय स्तरका कलाकारहरूलाई बोलाइ कार्यक्रम गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया