धरानका आश्रममा मनाए नवीनले आफ्नो जन्मदिन

धरान / समाजसेवी व्यापारी तथा कलाकार नवीन लिम्बू आफ्नो जन्मदिन धरानका २ आश्रम पुगेर मनाएका छन्। नवीनले धरान ४ को ज्योति चर्च पुगेर पॅाचथरका रमेश लिम्बुलाई   १ थान ह्विल चेयर प्रदान गरेका हुन्। यस्तै, धरान ४ को बसन्तटारमा रहेको लड्स होम नेपालका ६ जना अनाथ बालबालिका जाडोमा मौसममा फाइबर ब्लाइंकेट साथै ज्याकेटहरू वितरण गरी जन्मदिन मनाएका हुन्।

उनले यस पनि जन्मदिन आश्रममा नै मनाएको र अबका दिनमा पनि आश्रममा नै जन्मदिन मनाउने बताए। नवीन याकथुङ चलचित्रकर्मी सघं नेपालका अध्यक्ष ,साम्याङ स्टोर धरानका प्रोप्राइटर र धरान नाटक घर निर्माण समितिका कोषाध्यक्ष रहेका छन्।

तपाईको प्रतिक्रिया