विराटनगरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

सुन्दरहरैँचा / विराटनगरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुने भएकाे छ । मानविय सेवामा याेगदान गराै भन्ने नाराका साथ यहि मंसिर १६ गते विराटनगरकाे हाटखाेलामा पहिलाे पटक`नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट हुने भएको हाे । विगत एक दशकदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको हो ।

विराटनगरमा रहेको भाडाकाे घरमा आश्रित महिला , बालबालिका तथा वृद्धवृद्धाहरूको लागी वातावरणमैत्री नभएका कारण बन्दै गरेको अपुरो भवन निर्माणमा आर्थिक सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम गर्न लागिएको मानवसेवा आश्रम प्रदेश न. १ का संयोजक नवराज केसीले जानकारी दिए । `मानव सेवा आश्रमका लागि आपतकालीन कोष स्थापना गर्ने पवित्र साेचले समेत साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागेका छाै´ केसिले भने।

मानव सेवा आश्रममा हाल १९ वटा जिल्लाका २४ वटा शाखामा गरि १७ सय बढी बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्याग व्यक्तिहरू बस्दै आएका छ । विराटनगरकाे मानवसेवा आश्रममा ९० जाना पुरूष , ६५ जाना महिला तथा ५ जाना बालबालिका गरि १ सय ६० जाना आश्रित रहेका छन्। मानवसेवा आश्रमकाे हित र विकासका लागि हुन लागेको नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट विराटनगर , विरगन्ज, हेटौंडा ,चितवन,नेपालगन्ज , धनकुटा , सुर्खेत , पाेखरा तथा काठमाडौं लगायतका मुख्य शहरहरूमा तीन तीन दिनकाे फरकमा हुन लागेको आयाेजकले बताएको छ।

फरक शैलीका गीतहरूका कारण देश विदेशमा आफ्नाे छुट्टै परिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टको कार्यक्रम स्थलदेखी टिकटको बिक्री वितरणको कामहरू अहिले धमाधम भईरहेको मानवसेवा आश्रम विराटनगरका अभिभावक प्रविण खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया