एउटा सानो बालक जसको “सपना छ ठुलो” (भिडियो सहित) 

sssइटहरी / नेपालि सांगीतिक बजारमा निकै गतिबिधि हरु हुने गरेको छ यो पछिल्लो समय, यहि क्रम मा बिभिन्न समूह, म्युजिक कम्पनि तथा प्रोडक्सन हाउस हरु स्थापना गरेर विभिन्न गीत संगीत तथा म्युजिक भिडियो हरु उत्पादन हुने गरेको छ l यहि क्रम मा फ्रूट्स ब्यान्ड ले आफ्नो पहिलो म्युजिक भिडियो सार्बजनिक गरेको छ ।
s नेपालि युवा जमात लाइ बिसेष फोकस गरेर अथवा पप सैलीमा तयार गरिएको उक्त गीत को भिडियोमा हाम्रो नेपालि समाजमा बिधमान रहेको स्वार्थिपना, हराउदै गईरहेको सहयोगको भावना र सामाजिक सद्भाव बडाउने सन्देश दिन खोजिएको छ । पछिल्लो समय भिडियो उत्पादन को क्षेत्रमा सक्रिय युवाहरु को एक समूह “द मोन्टाज” (The Montage) ले  निर्माण गरेको उक्त भिडियोको छायांकन पवन सुस्लिङ्गले गरेका हुन ।
ssफ्रूट्स ब्यान्डकै शब्द र संगीत रहेको गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ। हाल जति पनि भिडियो हरु सांगीतिक बजार मा आईरहेको छ त्यो भन्दा अलि फरक शैलीमा बनेको यस भिडियोमा बाल कलाकार प्रवेश के.सि. को अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया