बलिउड अभिनेता सुनिल सेन्डेको निधन

मुम्बई । बलिउड अभिनेता सुनिल सेन्डेको निधन भएको छ । उनको आइतबार राति मुम्बईस्थित घरमा निधन भएको हो ।  सुनिलले हिन्दीसँगै मराठी फिल्मको अभिनयमा लोकप्रियता कमाएका थिए । उनले शाहरुख खानको टेलिभिजन शो ‘सर्कस’मा अभिनय गरेका थिए । यस्तै ‘गान्धी’, ‘सरफरोस’ र ‘वास्तव’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका थिए ।

उनले ‘काथुङ्ग’, ‘मधुचन्द्रची रात’, ‘जस बाप तासे पोर’, ‘ईश्वर’, ‘नरसिम्हा’ जस्ता मराठी फिल्ममा अभिनय गरेका थिए । सुनिलले सन् ८० र ९० को दशकमा कैयौं हिट फिल्ममा अभिनय गरेका थिए । उनी मराठी रङ्गमञ्चका दमदार कलाकार थिए । उनले सनी देवलको सुपरहिट फिल्म ‘घायल’ र सञ्जय दत्तको ‘खलनायक’ मा अलग–अलग भूमिकामा अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया