निकेशको अदुश्य प्रेम सार्वजनिक

सुन्दरहरैँचा / नेपाली संगितकाे बजारमा निकेश कालीकोटे नयाँ नाम हो । उनी पूर्वकाे रमणीय स्थल मोरङ केराबारीमा जन्मे हुर्केका हुन् । निकेशले आफ्नो पहिलो प्रस्तुति रहेको अदुश्य प्रेम बोलको गीतको अहिले म्युजिक भिडियो दर्सक श्रोतामाझ लिएर आएका छन । निकै कर्णप्रिय स्वरमा सजिएको यस गीतमा पूर्वको रमणिय तथा सुन्दर स्थलहरू केराबारी तथा नेपालिरिका होटेलमा छायाङकन गरिएको छ।

नयाँ नेपाली पप गीत संगितकाे रूपमा बजारमा आएकाे यस गीतकाे बाेल पर्खेर बसाै अझै कति म… रहेको छ। गीतकाे शब्द र स्वर समेत आफुले सुन्दा उत्कृष्ट लागेको पूर्वका अर्का कलाकार दिलिप समनले जानकारी दिए। पप गीत संगितकाे जर्गेना गर्ने उदेश्यले मेहेनत पूर्वक बजारमा ल्याएकाे म्युजिक भिडियोले स्रोता दर्शनकाे मन जित्न सफल हुने विश्वास लिएकाे कालिकाेटेले बताए ।

शेखरदेव घिमिरेको क्यामेरा र इडिटिङ रहेको भिडियोमा याछी डोल्मा लामा र निकेश आफैले अभीनय गरेका छ्न । युवाहरूको प्रेम कथालाई आधारित बनाएर तयार गरिएको भिडियोमा प्रेम बिछोड तथा मिलनको समीश्रण हेर्न सकिन्छ । प्रमोद कार्कीको निर्देशन रहेको म्युजिक भिडियोलाई बजार व्यवस्थापन समि इन्टरटेन्मेन्टको रहेको छ ।

तपाईको प्रतिक्रिया