अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । श्वेताले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग उनको विवाह भएको थियो ।

तपाईको प्रतिक्रिया