बलिउडमा अभिनेत्री सोनाली चक्रवर्तीको निधन

चर्चित बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ । उनको आज बिहान कलकत्ताको एक अस्पतालमा निधन भएको हो । अभिनेत्री सोलंकी रोय र गौरब चटर्जी मुख्य जोडीको रूपमा अभिनय गर्ने बंगाली मेगा सिरियल गाचोराको एक हिस्सा थिइन्। सोनालीले लोकप्रिय डेली सोपमा सोलंकीकी काकीको भूमिका निर्वाह गरेकी छिन् ।

अभिनेता शंकर चक्रवर्तीसँग विवाह गरेकी सोनालीले टिभि सिरियलमा चर्चित अनुहार थिइन् ।उनले धेरै चलचित्रमा पनि अभिनय गरेकी थिइन् । रचना बनर्जी र फिरदौस अहमद स्टारर हर जीत ९२००२० मा उनको अभिनयको प्रशंसा भएको थियो । उनले बाँधन ९२००४० मा जीत र कोयल मल्लिकसँग पनि मुख्य भूमिका निभाएकी थिइन्।यद्यपि, स्वास्थ्य समस्याका कारण उनले सानो र ठूला पर्दामा पछिल्लो समय कम अभिनय गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया