गायक कुशलले श्रमदान मार्फत रिलिज गरे “मरिलानु के छ र ” (भिडियाे सहित)

धरान / गायक कुशल थलङ ( लिम्बु) को नयाँ गीत ‘मरि लानु के छ र हौ बाचुन्जेल गरौ रमाइलो ‘ बोलको गीत सार्वजनिक भएको छ । अहिले धरान खानेपानीको अभियान चलिरहेको धरान १४ को भालु खोला स्थिति श्रमदान गरिरहेको ठाउँ बाट गायक थलङको टिमले श्रमदान गरेर गित सार्वजनिक गरेका हुन्। धरानका मेयर हर्क साम्पाङको प्रमुख अतिथिमा र समाजसेवि तथा गितकार मिना सिंहकको उपस्थितमा भिडियो सार्वजनिक गरेका थिए ।

यसैगरी कुशलले गीतको भिडियो सार्वजनिक गर्दा लाग्ने खर्च वापतको नगद रुपियाँ २५ हजार रकम मेयर साम्पाङको खानेपानी अभियान लाई सहयोग वापत हस्तान्तरण गरेका थिए । मेयर हर्कले भिडियो रिजल कार्यक्रममा बोल्दै भने’ धराने गायक कुशल जि अहिले नेपालभरि चर्चित हुनुहुन्छ यो नयाॅ गित पनि नेपालभरिका सबै दर्शक /श्रोताहरुको मन जित्न सफल बनोस हाम्रो शुभकामना !’ मरिलानु के छ टिमका कलाकारहरु श्रमदानमा आउदा खुसि छु । किनकि अन्य कलाकारहरुलाई भिडियो रिलिज गर्नु खोला आउनु अभिप्रेरणा मिल्छ।मेयर हर्कले भने।

गितमा लिरिक्स एन्ड कम्पोज धनपूर्ण लिम्बुले गरेका छन्। एरेन्ज अशोक लुहोरुङको रहेको छ । भिडियोमा कलाकार भरतमणि चोम्बाङ, दिपना राई, सुमन अधिकारि, सोनु लिम्बु, तेज लिम्बु, करिस्मा क्षेत्रि,कुशल थलङको अभिनय रहेको छ ।क्यामरातर्फ भुपेन्द्र लिम्बु रहेका छन्।

साथै गायक कुशलका सिन्दुर भर्नु एउटा कुरा जिवन काट्नु अर्को कुरा, गायिका मेलिना संगको सिकमुरि फूल्यो नि आम्बि माथि हौ लेकैमा समेत उनले आवाज दिएका छन् ।जुन गित टिकटकमा चर्चित बनेको छ। गायिका अन्जु पन्त संग कुशलले गायको वेलकम धरान तिनकुने गेटैमा आई लभ यू तिमिलाई पहिलो भेटैमा समेत निकै चर्चित बनेको थियो। २०६० साल देखि संगितलाई निरन्तरता दिदै आएका कुशलले चलचित्र , आधुनिक, पप, लोकभा सहित २५० बढी गितमा आवाज दिईसकेका छन्।

तपाईको प्रतिक्रिया