यस्तो रह्यो कलाकारको भाइटीका

काठमाडाैं / नेपाली कलाकारहरूले भाइटीका लगाएर तिहार मनाएका छन्। विभिन्न कलाकारले टीका र माला ग्रहण पश्चात् सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन्।यमपञ्चकको पाँचौँ दिन आज घर घरमा भाइटीका मनाउने क्रम जारी छ। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व हो तिहार।

पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ।

तपाईको प्रतिक्रिया