अभिनेत्री प्रियंका कार्कीको घरबाट सुन तथा नगद चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुनका गरगहना चोरी भएको छ। ललितपुरको भैंसेपाटीस्थत उनको घरबाट लक्ष्मीपूजाको राति चोरी भएको हो।

लक्ष्मीपूजाको साँझ खाना खान बाहिर गएका बेला घरबाट नगद ३० हजार र ५(७ तोला सुनका गहना चोरी भएको उजुरी दिएको ललितपुर प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । घटना राती ९:१० बजेतिर भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया