अभिनेत्री जीया केसीसँग बिहे गर्दै अभिनेता भुवन केसी !

काठमाडौं / अभिनेता भुवन केसीले अभिनेत्री जीया केसीसँग अब बिहे गर्ने बताएका छन् । दुई विवाह टुंगिएपछि भुवन ७ / ८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेका उनले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै छिट्टटै बिहे गर्ने बताएका छन् ।

उनी यतिबेला जीयाको साथमा अमेरिकामा रहेकाले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् । जीयाको नाम नै नलिइ अब छिट्टै बिह गर्ने उनले बताएका हुन् । उनले भने ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ र चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।

आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०-२५ वर्ष भइसकेको बताए । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरे पनि दोस्रोसँग भेटघाट र बोलचाल नहुने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया