मिस एण्ड मिसेस प्राेभिन्स आईडियल सिजन १ काे ट्यालेन्ट राउण्ड धरानमा

धरान : मिस एण्ड मिसेस प्राेभिन्स आईडियल सिजन १ काे ट्यालेन्ट राउण्ड सम्पन्न भएकाे छ । मिस एण्ड मिसेस प्राेभिन्सका प्रतियाेगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।ट्यालेन्ट राउण्ड सम्म पाँच जना मिसबाट र ९ जना मिसेस गरि जम्मा १४ जनाले आफ्नो प्रतिभा देखाएका हुन् ।

ट्यालेन्ट राउण्डकाे निर्णायकमा गायक साथै प्राध्यापक किसाेर थुलुङ्ग राई , डान्स काेरियाेग्राफर रेश्मा बान्तवा राई , डान्स काेरियाेग्राफर दिवस श्रेष्ठ , अन्तराष्ट्रिय मेकप आर्टिस मिसम राई र मिस स्टेट २०२२ को बिजेता स्वेता भुजेल रहेकि थिईन। ट्यालेन्ट राउण्डमा प्राप्त गरेकाे अंक फाईनलमा जाेडिने आयाेजकले बताएकाे छ।

प्रतियाेगिताकाे काेरियाेग्राफी मिस नेपाल आइडियल २०१८ मेरिना तुम्साकाे रहेकि छिन भने एसिष्टेन्ट काेईरियाेग्राफी मिस स्टेट वान काे २०२२ कि विजेता स्वेता भुजेलकाे रहेकि छिन। प्रतियाेगिताकाे फाईनल असाेज १५ गते किरात चुम्लुङ्ग हलमा हुने आयाेजकले जानकारी दिएकाे छ । सहभागिहरुले चित्रकला, गायन, नृत्य , गजल र मेकपको कला देखाएका थिए।

तपाईको प्रतिक्रिया