धरान । एएनटीएफको र्याप ब्याटलमा गाएको “मिलेन लेबल तेरो “ शब्दबाट रातारात सोसल मिडिया तथा बिसेशत टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात् सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत “सरी मम “ एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भईरहेको छ।
“सरी मम “ गीतले जि-बबको धमाकेदार री-इन्ट्री संगै नेपहपको क्षेत्रमा सही गीतको रचना गरेको चर्चा चलेको छ। अफिसियल रुपमा उनको ए मेरो हजुर -३ को भाग -भाग , प़mाइनलि भेटियो गीत मात्र आएको छ तर ती गीतहरुबाट उनले आफ्ना ब्याटलमा गाएका गीतहरु जति पनि प्रशंशा र भ्युज नपाएको देखिन्छ। तर अहिले जि-बबले गर्ने कन्सर्टहरुमा गाएको “सरी मम “ गीतले निक्कै राम्रो प्रसंशा फ्यानहरुको पाएका छन्। केहि साता अघि मात्र आबुधाबीको कन्सर्टमा गाएको “सरी मम “ गीतको क्लिप्स युट्युब तथा टिकटकमा भाइरल भैरहेको छ।र मंगलबार मात्र यो गीतको अफिसियल भर्सन “गार्हो बाटो “ शिर्षकमा एएनटीएफको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरियेको छ। सार्वजनिक गरोएको केहि समयमा नै यस गीतले राम्रै भ्युज संगै राम्रो कमेन्टहरु समेत पाएको छ।
केहि महिना अघि आफ्ना आमा -बाबासंगको मनमुटाव र पत्रकार सम्मेलनमा गरेको गैरजिम्मेवारपन बाट गुमाएको फ्यानहरुले यो गीत सुनेपछि पुन जि-बबप्रतिको आफ्नो क्रेज कायम रहेको उक्त गीतको भिडियोहरुमा गरेको राम्रो कमेन्टहरुबाट ठम्याउन सकिन्छ। गीतमा उनले आमा बिरामी हुँदा छोरा नाचिरहेको ,नशाको कारण आफुले बोल्न नहुने कुरा बोलेको र सोहि कारण सबैले उनीमाथि औंला उठाएको बताएका छन्। यो गीतमा आफ्नै कथा -व्यथा बताएको यो गीतको क्रेज अहिले प्रत्येक कन्सर्टमा “मिलेन लेबल “ गीत झैँ रहेको छ। यो गीतले लाउरेको “बिरामी “ गीत झैँ सबैलाई भावुक बनाउने देखिन्छ।
उनको गीतको केहि अंश :
गार्हो भाको छ
आँशुको झरीमा जाडो भाको छ
कमाको नाम पनि घाँडो भाको छ
नशाले जिन्दगीमा गार्हो भाको छ
तर कस्तो गार्हो बाटो गाको म
बानी व्यहोरा खराब
दिमाग लाटो भाको छ
न खाँदा हात काम्छ
न सुति रात जान्छ
नशाकै कारण गार्हो भाको छ
होइन भाग्यमानी म
आगामी भदौ २५ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा सिल्भर इन्टरटेनमेन्टको आयोजना हुने “फुल भोल्युम कन्सर्ट “ मा जि-बब “ मिलेन लेबल “ र “ सरी मम “लगायतका गीतहरु लिएर आउंदैछन् भने उनि संगै एएनटीएफको र्याप ब्याटलका बिजेता प्लस डिभाईड , शिरुपाते र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको समेत पर्स्तुती रहनेछ।