‘प्रेमगीत-३’ को नयाँ ट्रेलर सार्बजनिक

इटहरी/ बहुप्रतिक्षित पहिलो इन्डो-नेपाली फिल्म ‘प्रेमगीत-३’ को ट्रेलर सार्बजनिक गरिएको छ । नेपाल भारत लगायत विश्वब्यापी रुपमा एकसाथ प्रदर्शन हुन लागेको यो पहिलो नेपाली फिल्म हो । त्यसैले पनि प्रेमगीत ३ लाई धेरैले चासोका साथ लिएका छन् । निर्माण युनिटले हिन्दी र नेपाली गीत, टिजर र पोस्टरलाई आलोपालो गर्दै सार्बजनिक गर्ने क्रममा हिजो बिहीवार ट्रेलर सार्बजनिक गरेको हो । हिन्दी भाषाको ट्रेलर भारतिय युट्युब च्यानल जि म्युजिक कम्पनीबाट सार्बजनिक गरिएको छ ।

ढुङेयुगको कथामा निर्माण भएको फिल्मको कथा राजगद्दी र प्रेम-गीत पात्रको पेरिफेरीमा घुमेको ट्रेलरबाट बुझ्न सकिन्छ । अब हाम्रै नेपाली फिल्म युनिट, कलाकार र भाषा भएपनि ट्रेलर चाहिँ हिन्दी भाषाकै अलि मज्जा लाग्यो होला हैन ? मैले चाहिँ त्यही अबुभव गरे । के गर्ने, हिन्दी फिल्म र भाषाको धङधङे छ नि त हामिमा हैन ? जे होस्, अब ‘प्रेमगीत ३’ को ट्रेलर रिलिज भैसकेको छ । निर्माण युनिटका अनुसार अब फिल्मको प्रचारप्रसारलाई आक्रमक बनाइने छ । हेर्नुस ट्रेलर

दशै बिदाको मौका पारेर असोज ७ गते प्रदर्शनमा आउने फिल्मलाई चलचित्र विकास बोर्डले समेत पहिलो इन्डो-नेपाली फिल्म भन्दै केही दिनअघि निर्माण युनिटलाई एक कार्यक्रमकै आयोजना गरि सम्मान गरेको थियो । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको ‘प्रेमगीत ३’ लाई आसुशेन फिल्म्सको ब्यानरमा सेनले नै निर्माण गरेका हुन् । फिल्ममा प्रदिप खड्का, कृस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया