कन्सर्टका लागि जी- बब र अस्मिता अधिकारी धरान आउदै

धरान / अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्‍याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्‍यापर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिबार आयोजना हुने ‘टूबोर्ग फुल भोल्युम कन्सर्ट’को लागि आउने भएका छन् । फुल भोल्युम कन्सर्टमा जी- बब सँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित र्‍यापरहरु प्लस डिभाइड र शिरुपाते संगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ्ग समेत प्रस्तुत गर्नेछन् ।

‘मिलेन लेभल तेरो’ बोलको बहुचर्चित गीतसंगै फ़ाइनल्लि भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन । उनि पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउदैछन् । त्यस्तै नेपाली फिल्म तथा आधुनिक -पप गीतहरुमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको ‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ । उनको काफल कमल, टाढा भएपनि, लज्जावती झार, कोहोला त्यो, साली मन पर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौतीं लगायत गीतहरु पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन् ।

त्यस्तै र्‍यापर प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केहि खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिले लगायतका गीतहरु र र्‍यापर शिरुपातेका राजनीति, मस्त, नोबडी नोज,कालेभाई लगायतका गीतहरु युवाहरु माझ निक्कै लोकप्रिय छन् । लामो समयपछि धरानमा आयोजना हुन लागेको भब्य कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरन्जनका लागि र्‍याप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको संचालन इक्सा मादेनले गर्नेछिन् । कन्सर्टको लागि अग्रिम टिकट बुकिङ्गको लागि रु.३००/- र गेट टिकट रु.५००/- राखिएको छ ।

तपाईको प्रतिक्रिया