धरानमा “जेवी टुहरे स्मृति संध्या तथा स्रष्टा सम्मान”

धरान / जनवादी गायक जेबी टुहरेका दर्जन बढि गित धरान बजारमा गुन्जिएका छन् । शुक्रवार धरानको भानुचोकमा प्रचण्ड गर्मीका वावजुत पनि दर्जन बढि कलाकारहरुले स्व. जेबी टुहुरेका गीत गाएर उनको वार्षिक पून्य तिथि मनाएका थिए ।
निरंकुश पञ्चायती व्यवस्था विरुद्ध आमा दिदि बैनी हो कति बस्छौ दासि भै,दुःख संगै व्यासि बनेर गायको गीत चर्चामा आएको थियो । कार्यक्रममा नन्दकृष्ण जोशी, जिवन शर्मा, यस कुमार, चेतन सापकोटा, प्रश्ना शाक्य, बाबु बोगटी, रुपक डोटेल, भिषण मुकारुङ, प्रदेश लिम्बु, साजन राई, आकास थापा, दुर्गा परियार, हर्षु राई, गंगा राई, सविन लिम्बु, जितेन्द्र चौधरी, कृष्णराजा श्रोष्ठ, प्रशान्त शर्मा, सञ्जय तुम्रोक, मुना गुरुङले जेवी टुहुरेका गीत र अन्य गीत गायर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । गायक गायीकाहरुले आमादिदी बैनी हो, सिमली छायांमा बसि, हामी सम्झीरहने छौं, बसै हिड्नेको तातीले लगायतका गीत प्रस्तुत गरेका थिए ।

धरानको पुरानो बजारमा जन्मिएका जेबी टुहुरेले निरंकुस पन्चायती व्यबस्था विरुद्ध जनताकागीत गाएर चर्चामा आएका थिए । जनवादी गीत गायकै कारण जेल जीवन विताएका टुहरेको वार्षिक पून्य तिथिको अवसर पारेर शुक्रवार धरानको भानुचोकमा विशाल सांस्कृतिक कार्यक्रममो आयोजना गरिएको थियो । जेवी टुहरे फाउण्डेशनले आयोजना गरेको “जेवी टुहरे स्मृति संध्या तथा स्रष्टा सम्मान” कार्यक्रदर्जन बढि कलाकारहरुले गीत प्रस्तुत गरि हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा जेबी टुहुरेको अचुलनिय योगदान रहेको बताए । उनले टुहुरेलाई आफ्ुले संविधानसभा सदस्य बनाएर उहाँ प्रति उच्च सम्मान गरेको स्मरण गरे । प्रदेश १ का मूख्उमन्त्री राजेन्द्र राईले पनि जनवादी गीत गाउन र निरंकुस पञ्चयति व्यबस्था फाल्न जेबी टुहुरेको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताए । फाउण्डेशनकी अध्यक्ष तथा टुहरेकी छोरी निर्भिका टुहुरेले आफ्नो बाबुको सम्झानामा देशैभरीबाट भेला भएका कलाकार, कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिईन् ।

बसै हिड्नेको तातीले बोलको गीतका रचनाकार लव प्रधानलाई यसै कार्यक्रममा एकलाख धनराशिको जेबी टुहरे स्मृति पुरस्कार प्रदान गरिएको छ । शुक्रवार धरानको भानुचोकमा जेबी टुहरे फाउण्डेशनले गरेको बर्षम जेबी टुहरे स्रष्टा सम्मान तया सास्कृतिक कार्यक्रममा प्रधानलाई उक्त पुरस्कार प्रदान गरेको हो।

बसैहिड्नेको तातीले बोलको गीतका रचनाकार प्रधानलाई माओवादी केन्द्रका अध्यष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रदेश १ का मूख्यमन्त्री राजेन्द्रकुमार राईले संयुक्त रुपमा सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए । धरानको पुरानो बजारमा जन्मिएका टुहरेको बार्षिक पून्य तिथिको अबसरमा फाउण्डेशनले धरानमा दर्जन बढि कलाकार ल्याएर जेवी टुहुरेका गीत प्रस्तु गराएको थियो । एकलाख नगद सहितको पुरस्कार पाए पश्चात आफुलाई धेरै खुसि प्राप्त भएको प्रधानले बताए । उनले यो पुरस्कारले आफूलाई अझ नयाँ गीत रचना गर्न थप हौषला प्रदान गर्ने बताए ।

तपाईको प्रतिक्रिया