सुन्दरहरैँचा / माेरङकाे बेलबारीमा रहेको ड्रिमल्याण्ड फनकाे ५ अाै बार्षिकउत्सवमा आयाेजित कार्यक्रममा कलाकार ज्याेति मगरकाे वेजाेड प्रस्तुतिले दर्शक स्रोताहरू खुप रमाउँने माैका पाए । रातो पहिरनमा स्टेज उक्लिएकी गायिका ज्योति मगरलाई देख्ने बित्तिकै कार्यक्रममा उपस्थित दर्शकहरूले हुटिंङ शुरु गरेका थिए । सामान्य गीतबाट आफनो प्रस्तुति राख्न शुरू गरेकी ज्याेतिले दर्शकहरू उत्साही बन्दै गएपछि दर्जन बढी आफना चर्चित गीतहरू मार्फत आफनो प्रस्तुति राखेकी थिइन् । ज्योतिको प्रस्तुतिले बेलबारीकाे माहोल निकै तातेकाे थियाे। उनकाे उपस्थितिलाई कुरेर बसेका दर्शक स्रोताले भरपुर मनाेरञ्जन प्राप्त गरेका थिए । पूर्वका कलाकारहरूको आर्कषक नृत्य र गीत संगितले समेत कार्यक्रमकाे माहोल निकै तातेकाे थियाे ।
उत्त कार्यक्रमकाे अाैपचारीक समारोहमा बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत सहित ७ जनालाई सम्मानित गरिएको थियाे। पत्रकारिता क्षेत्रको माध्यायमबाट बेलबारीको समग्र क्षेत्रलाई अन्तराष्ट्रिय स्तरसम्म पहिचान दिलाउन सहयोग गरेको भन्दै बेतना दैनिकका सम्पादक बस्नेतलाई सम्मान गरिएकाे हाे। नगर प्रमुख दिलप्रसाद राई,ड्रिमल्याण्ड फनका अध्यक्ष बिजय सुवेदी,प्रबन्ध निर्देशक सुष्मा आचार्य सहितले बस्नेतलाई सम्मान गरेका थिए । बस्नेत सहित नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुनिल शर्मा,महिला अधिकार मञ्चका केन्द्रिय सदस्य सिता सुवेदी,ब्यबसायी सन्तोष प्रसाँई,युकेआर प्रोडक्सन बेलबारीका सञ्चालक उपेन्द्रकुमार राई,ईलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमला,फोटोग्राफर रिजन राई लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियाे ।