मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको ‘अन्ताक्षरी ’ सार्वजनिक

धरान । नेपालकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी तथा प्रतिभाशाली गायिका मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको ‘अन्ताक्षरी ’ गीतको भिडियो सार्वजनिक गरिएको छ।

लोकभाकामा बनेको गीतमा माया र प्रेमका भावहरुलाई समेटिएको छ । भिडियोमा गायिका मेचु आफै र गायक सुप्रिम मल्ल ठकुरीले अभिनय गरेका छन । लिलाराज काङ्गवाङ्गको को शब्द तथा मेचु धिमालको संगीत रहेको गीतमा संगीत संयोजन विसम आचार्यले गरेका छन् । इशाक जगेवुले छायांकन तथा सम्पादन गरेको भिडियोलाई गायिका मेचु धिमाल स्वयम्ले कोरियोग्राफी तथा निर्देशन गरेकी छन्। उक्त भिडियो मेचु धिमालको आफ्नै अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ। म्युजिक भिडियो लिङ्क :

तपाईको प्रतिक्रिया