धरानमा आएका हाँस्यकलाकार जितु नेपाल र सुमनले हर्क र बालेनलाई पात्र बनाएर हँसाउनु हँसाए

धरान / कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले धराने दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति प्रदान गरेका छन्। जितु नेपालले धरानका मेयर हर्क साम्पाङको काम गर्ने शैली र उनको चर्चा र काठमान्डौका मेयर बालेन शाहले राजीतिमा आएको उत्तरचढाव र सम्पूर्ण राजनीति व्यवस्था साथै पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल, पुष्पकमल दाहाल ( प्रचन्ड) र केपी शर्मा ओलीको समेत क्यारीकेचर गरि भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कलाकारहरुले पछिल्लो समय गठबन्धनको कुरा र नेतृ रामकुमारी झ्राकी र प्रचन्डको विदेश भ्रमणको कुरालाई समेत व्यंग्यको पात्र बनाएर मनोरञ्जन प्रदान गराएका थिए । गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको ‘गोल्डेन ओक कमेडी यात्रा’ अन्तरगर्ततको सो कार्यक्रममा सुनचाँदी व्यवसायी संघ धरानको आयोजनामा भएको एक दिने साँझ कार्यक्रमम गएराती मंगलबार साँझ धरान १३ को लक्ष्मी चोकमा रहेको धरान बैंककुइटमा सम्पन्न भएको हो ।

गोल्डेन ओकले तय गरेको सो यो कमेडी यात्रा बिर्तामोडमा यही साउन २० गते, दमकमा २१ गते, इटहरीमा २२ गते, विराटनगरमा २३ गते भएको हो भने धरानमा २४ गतेको अन्तिम कार्यक्रम सकेर कलाकारहरु काठमान्डौ फर्केका छन्। धरानमा कार्यक्रम प्रदेश नं १ का सभामुख प्रदिप भन्डारी र संघिय सांसद जय कुमार राईको आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया