शिक्षक बन्न नायक प्रदीपले झोलामा बोकेको घुसको पोल भदौ १० गते “प्रकाश” फिल्म मार्फत खोलिदै

धरान / अभिनेता प्रदीप खड्काको अभिनय रहेको प्रकाश नाममा फिल्म आगामी १० भदौमा रिलिज हुँदैछ । पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको हल, इटहरीमा आज कार्यक्रम गर्दे प्रकाश फिल्मको निमार्ण टिमले भदौमा १० गते फिल्म रिलिज हुने कुरा जानकारी गराएको हो ।

नायक प्रदीप भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलो पटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदै छन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदै छन् ।

शिक्षक बन्नका लागि र घुस खुवाउनु परेको, शिक्षा क्षेत्रमा राजनीति हाबी भएको र रोजगारका लागि आफ्ना सर्टिफिकेट झोलामा लिएर भतारिनु परेको पोलको पोका भदौ गते खुल्ने नायक खड्काले बताए । खड्काले भने ‘ हावाले शीतलता दिएर आफ्नो धर्म निभाएझैँ, घामले तापक्रम दिएर आफ्नो धर्म निभाएझैँ दर्शकले पनि नेपाली फिल्महरू हेरेर आफ्नो धर्म निभाउनु होला विशेष गरी विद्यार्थी, शिक्षक र राजनीतिका व्यक्तिहरूलाई प्रकाश फिल्म हेर्नु मेरो विशेष अनुरोध छ । फिल्म मात्र हेर्नु हल पुगे पछि दर्शकले देशको अवस्था, शिक्षा क्षेत्रको यथार्थता र घुसका कुरा लगायत अन्य कुरा थाहा पाउनु हुनेछ । ’

फिल्म युनिटले आइतबार सार्वजनिक गरेको प्रदीपको दुई तस्बिरमा फस्ट लुकमा अभिनेता प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ यस्तै, उनले गाउँले पोसाकमा शिक्षक बन्ने खोजेको र गोरु नारेको ग्रामीण कुरालाई प्रस्ट्याएको फिल्मका निर्देशक दिनेश राउत फिल्ममार्फत प्रदीपले आम नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने दाबी गर्छन् । त्यही दाबीलाई पुष्टि गर्न उनका दुई तस्बिर सार्वजनिक गरिएको उनको भनाइ छ । फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दै छन् ।

तपाईको प्रतिक्रिया