प्रिन्स र इशाले हात पारे लिटल मिस्टर एण्ड मिस मोरङको उपाधि

प्रतियाेगितामा कलाकार श्रीकृष्ण लुइँटेल बाेकेदारीले हँसाए नचाए

सुन्दरहरैँचा/ प्रथम लिटल मिस्टर एण्ड मिस मोरङ २०७९ को उपाधि ब्बाइज तर्फ प्रिन्स पौडेल र ग्रल्र्स तर्फ इशा कार्कीले हात पार्न सफल भएका छन् । प्रतियाेगिता एल.एण्ड सि. मोडल एजेन्सीले सुन्दरहरैँचा ९ स्थित जेसिज भवनमा आयोजना गरेको थियाे । ग्राण्ड फिनालेमा प्रिन्स तथा इशाले उपाधिसँगै नगद रू १५ / १५ हजारका साथमा प्रमाणपत्र र ताज चुम्न सफल भएका हुन् ।

तेसैगरि ब्वाइज तर्फ फस्ट रनरअप प्रतिक श्रेष्ठ, सेकेण्ड रनरअप प्राञ्जल सुवेदीले हात पार्न सफल भए । उनिहरुले उपाधिसँगै क्रमश नगद रू १० हजार र ५ हजारका साथमा प्रमाणपत्र र ताज जिते।साथै ग्रल्र्स तर्फ लेकिशा खरेल फस्ट रनरअप तथा इरिसा प्रधान सेकेण्ड रनरअप जित्दै उपाधिको साथमा नगद क्रमश रू १० हजार र ५ हजारका साथमा प्रमाणपत्र र ताज जिते ।

त्यसैगरी कार्यक्रममा विभिन्न सबटाइटलहरू समेत प्रदान गरिएको थियो । जसमा ब्वाइज तर्फ मिस्टर पर्सनालिटी, मिस्टर बेष्ट ड्रेसअप र बेष्ट ¥याम वाक्क सोहन भुजेलले हात पारेका थिए । त्यस्तै मिस्टर ट्यालेन्ट अवार्ड युयस पौडेल, मिस्टर हेन्सन संयोग गहतराज, मिस्टर डिसिप्लेन्ट सौगात भट्टराई , बेष्ट स्माइल सक्षम अधिकारी, पब्लिक च्वाइज र मल्टिमिडिया अवार्ड मन्दिप श्रेष्ठ, मिस्टर फोटोजेनिक अवार्ड प्रिन्स पौडेल, बेष्ट फिजिक अवार्ड रेनिस थापा, मिस्टर एक्टिभ अवार्ड प्रतिक श्रेष्ठ, मिस्टर हस्पिटालिटी, प्राञ्जल सुवेदीले हात पारेका थिए । मिस्टर फ्रेन्डली अवार्ड युगल लिम्बुले हात पारे । त्स्तै गर्ल तर्फ मिस मल्टिमिडियामा अदिती दाहालले हात पारेकी थिइन् ।
कार्यक्रका प्रमुख अतिथि नगरप्रमुख केदार प्रसाद गुरागाई थिए । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ सेकण्डरी स्कुलका प्रिन्सिपल तथा प्याब्सन प्रदेश १ का उपाध्यक्ष अर्जुन बस्नेतले विभिन्न बिजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकको रुपमा रौनक अग्रवाल, अर्जुन गजुरेल लगायत रहेका थिए ।

प्रतियोगितामा सुन्दरहरैंचाका ९ वटा संस्थागत विद्यालयका ६ देखि १४ वर्ष उमेर समूहका १२ छात्र र ३५ छात्राको सहभागिता रहेको थियो । कार्यक्रमकाे मुख्य आकर्षकको रुपमा रहेका गायक तथा हास्यब्यङ्ग्य क्षेत्रका कलाकार बोके दारीका नामले परिचित श्रीकृष्ण लुइटेले आफ्ना प्रस्तुती मार्फत दर्शकलाई मात्र हसाएनन् प्रतियोगि नानीहरु समेत उत्तिकै नाच्न भ्याए । लुइँटेलले ए बा किन्देउ न भटभटे, तेरो बाउ थोते, मुखमा हान्दिनु जस्तो, बाँके बर्दिया, डल्लेकी बहिनी, रावण आयो बुलेटमा जस्ता लोकप्रिय गीत गाएर स्टेजको माहोेल नै बेग्लै भएको थियो ।

तपाईको प्रतिक्रिया