मोडल रोशन श्रेष्ठ र सेविका कोइरालाको अनस्कृन रोमान्स (भिडियाे सहित)

इटहरी/ मोडल रोशन श्रेष्ठ अभिनित ‘आखाको परेली’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा रोशनले सेविका कोइरालासंग अनस्कृन रोमान्स गरेका छन् । गीतमा गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको स्वर रहेको छ भने गायिका सन्ध्याले नै गीतको शब्द लेखेकी हुन् । बिशाल शभिकार र सन्ध्या जोशीले संयुक्त रुपमा गीतको संगीत तयार गरेका छन् । होम स्टुडियोमा रेकर्ड भएको गीतलाई मनोज थापा मगरले एरेन्ज गरेका हुने ।

सार्वजनिक भिडियोका मोडल रोशन लामो समयदेखी आफ्नो बासस्थान प्रदेश १ को इटहरीलाई कार्यक्षेत्र बनाएर मोडलिङ क्षेत्रमा कार्यरत छन् । म्यानेजमेन्टमा मास्टर डिग्री गरेका उनले सन् २००९ मा काठमाडौको याक एन्ड यति होटलमा भएको ‘टिजिआईएफ फेसन शो’ मा र्याम्प वाल्क गर्दै यो क्षेत्रमा यात्रा सुरु गरेका हुन् । काठमाडौ, पोखरा, धरान लगायत ठाउमा फेशन शोमा र्याम्प गरिसकेका उनले म्युजिक भिडियोमा भने गायक याम बरालको ‘तिम्रो हाम्रो भेट भयो’ बोलको गीतबाट डेब्यु गरेका हुन् ।

इटहरीका सफल युवा ब्यवसायीको रुपमा समेत परिचित उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सार्वजनिक गीतको भिडियोमा रोशन र सेविकाको अलावा खगेन्द्र बिमली, बिध्या न्यौपाने र जिप्सन देउजाको पनि अभिनय रहेको छ । ड्रीम्स फोटोग्राफीका सम्योग जङ्ग बिष्टले छायांकन तथा सम्पादन गरेको भिडियोलाई तुलशी घिमिरेले निर्देशन गरेका छन् । घिमिरे पनि इटहरीलाई आफ्नो कार्यक्षेत्र बनाएर लामो समयदेखि अभिनय, नृत्य, गायन र निर्देशनमा सक्रिय छन् । सुशील स्वेक्षाले श्रिङ्गार गरेको यो भिडियोलाई तुलशीको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । सार्वजनिक पश्चात् गीत तथा भिडियोले सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।

तपाईको प्रतिक्रिया