रुक्साना लिम्बुसँग निमा तामांगको ” बाबा -छोरी ” सार्वजनिक

धरान / नेपाली संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेका हाल अमेरिकामा बसोबास गर्ने दमकका प्रतिभाशाली गायक निमा तामाङले द भोइस किड्सकि फाइनालिस्ट बाल गायिका रुक्साना लिम्बुसँग गाएको युगल गीत ” बाबा-छोरी ” आरपीआर म्युजिक एकेडेमी युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायक राजेश पायल राईको संगीत रहेको गीत डीपी खनालले रचना गरेका हुन्। स्टुडियो भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् भने गीत किङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । बाबा -छोरी बीचको संवादलाई सुन्दर रचना तथा संगीतले उत्कृष्ट बनाएको छ।

तपाईको प्रतिक्रिया