लाेक गायिका ज्याेती भन्छिन – ‘मसँग राम्रो र आकर्षक स्तन छ त्यसैले त्यो देखाएकै हो !

Jyotiकाठमाडाैं / लोक गायिका ज्योति मगर जति आफ्नो गायनका कारण चर्चामा छन् । त्यो भन्दा बढी चर्चा उनले स्टेजमा गर्ने अंग प्रदर्शनका कारण चर्चामा छिन् । ज्योति पछिल्लो समय म्युजिक भिडियोमा अंग प्रदर्शन गरेको भन्दैं विवादमा तानिएकी छन् ।

कतिसम्म भने उनले गाएको ‘जामा फाँटेर…क्वाप्प’ मुखमा हाल्छु’ भन्ने गीतलाई युट्युबबाटैं हटाइएको छ । एक अन्तर्वार्तामा ज्योतिले भ्युअर्ससीप डरलाग्दो रुपमा बढेपछि अत्तालिएर त्यसलाई युट्युबबाट हटाइएको बताएकी छिन् । उक्त गीतमा ज्योतिले भित्री बस्त्र देखाएको भन्दैं युट्युबबाट हटाइएको हो ।

यही विषयलार्इ लिएर लोक तथा दोहोरी गीत प्रतिष्ठानले त उनीमाथि प्रतिबन्ध लगाउने निर्णय नै गरेको छ । तर, ज्योतिले आफूले कसैलाई घाटा नपु¥याएको बताउँदैं आफूले बरु लोक कलाकारलाई हाइ डिमाण्डेड बनाएको बताएकी छन् ।

‘लोकगीतका सर्जकलाई हेपेर ‘लोके’ भनिन्छ, त्यही लोके जमातकी म एक जना कलाकार जसले स्ट्यान्डर्ड हौ भन्नेहरुका बीचमा हाई डिमान्डेड कलाकारको परिचय बनाएकी छु, त्यसमा उहाँहरुले गर्व गर्नुपर्ने हो,’ साप्ताहिकसँगको अन्तर्वार्तामा उनले भनेकी छिन् । उनले ज्योति मगरको चिन्ता गर्नुभन्दा देशका गनैपर्ने र रोक्नैपर्ने धेरै कुराहरु भएकाले त्यसलाई रोक्न आग्रह गरेकी छिन् ।

उनले क्लीभेज प्रदर्शन किन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा आफूसँग भएको सबैभन्दा राम्रो चीज त्यही भएकाले प्रदर्शन गरेको बताएकी छिन् । ‘हरेक मानिसले आफूसँग भएको राम्रो कुरा देखाउने हो,’ साप्ताहिकसँगको कुराकानीमा ज्योतिले भनेकी छिन्, ‘मसँग राम्रो र आकर्षक स्तन छ त्यसैले त्यो देखाएकै हो । मेरो ब्रेष्टप्रति मोहित हुने जमात ठूलै छ ।’

तपाईको प्रतिक्रिया