नागी डान्स सेन्टरद्वारा किड्स् आइकन इटहरीको अयाेजना, २५ प्रतिस्पर्धी प्रशिक्षणमा सहभागी

इटहरी / किड्स् आइकन इटहरीमा सहभागीहरू प्रशिक्षणमा सहभागी भएका छन् । नागी डान्स सेन्टर इटहरीको आयोजनामा भएको कार्यक्रमका प्रतिस्पर्धी प्रशिक्षणमा सहभागी भएका हुन् । असार ४ र १५ गते भएको अडिसनबाट छनोट भएका २५ जनाले प्रशिक्षण लिइरहेको कार्यक्रम संयोजक वसन्त बस्नेतले जानकारी दिए । इटहरी क्षेत्रका ५० जना बालबालिका अडिसनमा सहभागी भएका उनले बताए ।

इटहरीका १५ वटा विद्यालयका ७ देखी १३ वर्ष सम्मका बालबालिकाको सहभागिता रहेको बस्नेत बताउँछन् । एक महिना सम्म सञ्चालन हुने प्रशिक्षणमा क्षमता विकास, नेतृत्व विकास, सञ्चार कला, फोटो सेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तिद्वारा प्रशिक्षण दिइने बताइएको छ । महिला र पुरुष समूहबाट विजेता हुनेलाई नगद, ट्रफि, प्रमाण पत्र र स्कलर सिप प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया