बेलबारी आइडलकाे चौथो संस्करण सम्पन्न, मौसम नेपाली विजेता

सुन्दरहरैंचा / बेलबारी आइडलकाे चौथो संस्करण स्रष्टा समाज बेलबारीकाे आयाेजनामा सम्पन्न भएको छ । सांस्कृतिक भवन बेलबारीमा भएको कार्यक्रममा नगर प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि थिए ।

आइडलकाे चौथो संस्करणमा विजेता मौसम नेपाली वडा नं १० घाेषित भए । तेसै गरि
सहविजेतामा तिर्सना राई वडा नं २ ,उपविजेतामा साजन वराईली वडा नं १ घाेषित भए । उनिहरुलाई क्रमस नगद रु ३० , १५ र १० हजारका साथमा प्रमाणपत्रका साथै ट्रफि प्रदान गरेर सम्मानित तथा पुरस्कृत गरियाे ।

कार्यक्रममा निर्णायकहरु सङ्गीतकार भीम बस्नेत, प्रशिक्षक /कलाकार अनुप दियाली साथै प्रशिक्षक/ गायिका हेमा भण्डारी योञ्जन रहेका थिए । बेलबारी आइडलकाे छनोट जेष्ठ १४ र १५ गते भएको थियाे । सहभागी १ सय ४६ जना मध्ये विभिन्न चरणकाे छनोटबाट उत्कृष्ट १० फाइनलका लागि छानिएकाे साथै उनिहरुलाई २ हप्ता प्रशिक्षण दिलाई फाइनल कार्यक्रम आयोजना गरिएको स्रष्टा समाज बेलबारीका अध्यक्ष जे बी थुलुङले जानकारी दिए ।

सहभागीहरूले लोकलयका गीत, पप शैली र आधुनिक विधाका गरि ३ गीत प्रस्तुत गरेका थिए ।सहभागीले प्रत्यक्ष वाद्यवादन र म्युजिक ट्रयाकमा गीत गाएर उपस्थिति सबैलाई भरपुर मनाेरञ्जन समेत प्रदान गरेका थिए । बेलबारी नगरपालिकाकाे आर्थिक सहयाेगमा भएको कार्यक्रमकाे सञ्चालन टेकराज मगर तथा करुणा बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया