जब धरानमा गायिका मिलन नेवारकाे ‘फूलबुट्टे सारी’ गुन्जियाे

धरान / फूलबुट्टे सारीलगायत अन्य गीत गाएर चर्चाको शिखरमा रहेकी गायिका मिलन नेवारले धराने दर्शकको मन जितेर फर्किएकी छिन् । धरान–१५ स्थित चुम्लुङ हिममा प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनल प्रतिस्पर्धात्मक कार्यक्रममा आइपुगेकी उनले धराने दर्शकलाई खुब नचाइन् ।

नेपाली पाश्र्व गायनको शीर्ष स्थानमा रहेकी सुमधुर स्वरकी धनी उनले फूलबुट्टे सारी बोलको गीत गाउँदा अधिकांश दर्शक नाचेका थिए । उनले यसै गीतमा कार्यक्रमस्थलमा रहेका धरानस्थित सुनाखरी एकेडेमीका विद्यार्थीसँगै पुगेर पनि नाचेकी थिइन् । उनले ‘गाला रातै’ ‘बट स्लोली स्लोली’, चरिले काफल टिप्योजस्ता चर्चित गीतहरु पनि पस्किइन् ।

तपाईको प्रतिक्रिया