प्रदिप भट्टाराईले कारो फिल्म्सले लिएको लू उपन्यासमा फिल्म निर्देशन गर्दै

काठमाडौं / कारो फिल्म्स् ब्यानर ले नयन राज पाण्डे को चर्चित ” लू “उपन्यासमा फिल्म बनाउन लागेको छ । यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका हुन् । निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच फिल्म निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

निर्देशक भट्टराई ले जात्रा, जत्रै जात्रा, सत्रु गते जस्ता उत्कृष्ट फिल्मको निर्देशन तथा निर्माण गरेका छन् । “‘लू’ उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाई मा जति रोमान्चक छ फिल्म हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ ।

एउटा पुरा प्याकेज बन्ने छ।राम्रो सेन्स अफ ह्युमर भएको यो उपन्यास मा बच्चा देखि बृद्धा ले हेर्ने मिल्ने छ। यसमा नेपाल र भारत को सिमा को पनि बिषय उठेको छ । दर्शकलाई मनपर्ने कथा, बिषय, ह्युमर सबै उपन्यासले समेटेको छ ।

यो कारो फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई अर्को उचाई मा लाने कम्पनी को धारणा छ र एस्तो नेपाल को बिसय बस्तु पनि संसार ले हेर्नु पर्ने भन्ने भनाइ छ। साथै कारो फिल्म्स ले यो लगायत अरु पनि बिग बजेट फिल्म्स बनाउने छ ।

तपाईको प्रतिक्रिया