झोराहाट नाट्य समुहले राष्ट्रिय नाट्य पुरस्कार पाउने

नाट्य यात्रा निरन्तर र अविच्छिन्न भएको गुरागाईंकाे भनाइ

सुन्दरहरैंचा / झोराहाट नाट्य समुहले रु १ लाख राशी तथा सम्मानपत्र सहितको गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार पाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्रालयको प्रेस विज्ञप्ति, साथमा संघीय सरकार मंत्रीस्तरको निर्णय अनुसार याे पुरस्कार वितरण गर्न लागिएको झाेराहाट नाट्य समुहका अध्यक्ष तथा साहित्यकार भरत गुरागाईं बर्बरिकले बताए ।

“गाउँमा रङ्गमंच जीवन र संस्कृतिको फरक अभ्यास” भन्ने भावनाका साथ निरन्तर चलिरहेको हाम्रो नाट्य यात्रालाई संघीय सरकारले सम्बोधन गरेकोमा खुसि लागेकाे गुरागाईंकाे धारण रहेको छ । उनले भने हामी निरन्तर र नाट्यकर्ममा अभ्यस्त छौँ । नाट्य अभियानमा बारम्बार साथ दिने र अफ्ठ्यारा गाँठाहरु फुकाइ दिनुहुने सबैप्रति आभारी भएको गुरागाईंले उल्लेख गरेका छन् । गाउँमा रहेको हाम्राे नाट्य समुहप्रति सकारात्मक सोच राख्नु हुनेहरुलाई हाम्रो यात्रा निरन्तर र अविच्छिन्न भएको गुरागाईंकाे भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया