चलचित्र ‘अभियान’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

इटहरी / चलचित्र ‘अभियान’ को ट्रेलर सार्वजनिक भएको छ । इटहरीमा आयोजित पत्रकार सम्मेलन मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ऐतिहासिक तामाङ थाक थलो ‘ किपट’ को कथामा निमार्ण भएको चलचित्रको ट्रेलर ओ एस आर मार्फत सार्वजनिक गरिएको हो ।

कोसी भिजन फिल्म्सको ब्यानरमा निर्माण र लाखमान योन्जन तामाङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ’अभियान’ को ट्रेलर तथा पोस्टर निर्माण युनिटको उपस्थितिमा र चलचित्र महासङ्घ प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानको प्रमुख आतित्थतामा भएको थियो । स्वर्गीय जयनन्द लामा अभियान रहेको यो फिल्म तामाङ जातिको आर्थिक सामाजिक , र संस्कृति र अधिकारमुखी कुराका कथावस्तुलाई चित्रण गरिएको छ । चलचित्रको छायाङ्कन धनकुटा हिले भन्दा केही उत्तरमा रहेको उत्तर पानी लगायत पूर्वका विभिन्न स्थानहरूमा गरिएको छ । ५५ लाख लगानी रहेको चलचित्रमा स्वर्गीय जयनन्द लामा अभियान, अमर पाख्रिन, रितेश जङ्ग खत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया