ठूलो भए ‘तितो सत्य’का राज: अभिनेत्री सुनिशासंग यहि असार ७ गते विवाह गर्दै

इटहरी/ एकसमयको लोकप्रिय टेलिभिजन हास्य टेलिसिरियल ‘तितो सत्य’मा बाल कलाकारको भुमिका निर्वाह गरेर लोकप्रिय बनेका राज आचार्यले विवाह गर्ने भएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस सहित हुनेवाला जीवन सङिनीको तस्विर राख्दै यो कुराको जानकारी गराएका हुन् । उनले ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंसंग विवाह गर्न लागेका हुन् । विवाहका लागि यहि असार ७ गते साइत जुरेको छ । केही म्युजिक भिडियोमा एकसाथ मोडलिङ समेत राज र सुनिशाले प्रि-वेडिङ फोटोसुट समेत गरिसकेका छन् । यी २ केही समयदेखि प्रेममा थिए ।

प्रेमलाई विवाहमा परिणत गर्न लागेका राज भारतमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेका अहिले नेपालमै समय बिताइरहेका छन् । राज वरिष्ठ अभिनेता तथा निर्देशक शंकर आचार्यका छोरा हुन् । सुनिशाको जन्मथलो सुनसरीको इटहरी हो । बुवा जगन बजगाईं र आमा कल्पना बजगाईंको कोखबाट सन् १९९८ को मे २५ मा जन्म भएको हो । तर, जन्मथलो इटहरी भएपनि उनी अहिले काठमाडौ निवासी हुन् ।

कलेज नेपालबाट चर्चामा आएकी सुनिशाको ‘घरमा कोहि नहुदा’, ‘फुलबुट्टे चोली’, ‘म राजकुमार’, ‘मेरि पुतली’, ‘रातो बत्ती’ लगायतका म्युजिक भिडियोहरु हिट भएका छन् । उनी अभिनित पछिल्लो फिल्म ‘पासो’को केही साताअघि ट्रेलर सार्बजनिक भएको छ ।

तपाईको प्रतिक्रिया