एस.ई.ई.आइडलको डान्सिङ र सिङ्गिङबाट १०-१० जना फाइनलमा प्रवेश

धरान / प्रदेश नम्बर १ स्तरीय वाई वाई एस.ई.ई. स्टेट-१ सिङ्गिङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को सेमिफाइनल शनिवार धरान-१६ स्थित यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको छ ।

फक्ताङ्लुङ मिडिया हाउस प्रा.ली.द्वारा सञ्चालित एफ.टी.एल.अनलाइन टिभिले आयोजना गरेको प्रदेश नम्बर १ भरिबाट सिङ्गिङतर्फ २५ जना र डान्सिङतर्फ १४ गरी ३९ जना सहभागी भएका थिए। सिङ्गिङ र डान्सिङमा उत्कृष्ट १०/१० जना फाइनलमा प्रवेश गरेका छन्। सिङ्गिङतर्फ उत्कृष्ट १० मा पर्ने सहभागीहरूमा गनु राई, ओङ्दी तामाङ, एन्जिला मगर, रिजन लोहनी, चमेली बि.क., छिरिङ तामाङ, एन्जेल गुरुङ, भुवन लामिछाने, माहिम राई र दिप्सन श्रेष्ठ रहेका छन् ।

त्यस्तै ,डान्सिङतर्फ उत्कृष्ट १० मा पर्ने सहभागीहरूमा रेष्मा थिङ, नगमा लिम्बु, मनिष बिक, सुमिना दाहाल, इक्सा तुम्बाहाम्फे, निरुता श्रेष्ठ, नियति राना मगर, सुष्मा तामाङ, कष्मिरा थापा मगर र प्रकृति खाप्ञ्ग रहेका छन्। प्रतियोगीताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन-२ का फाईनलिस्ट विकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका छन्।त्यस्तै नृत्यतर्फ छमछमी सिजन-३ कि फस्ट रनर अप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम तुम्बाहाम्फे रहेका छन्। गायन र नृत्य दुवैतर्फका विजेताले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गर्ने प्रा.ली.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए ।

प्रतियोगिताको फाइनल आगामी असार-१८ गते शनिवार हुने इभेन्ट कोअर्डिनेटर तीर्थ कार्कीले जानकारी दिए।ग्रान्ड फिनालेमा चर्चित गायिका मिलन अमात्य आउने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया