झाेराहाटमा खुल्ला कविता प्रतियाेगिता सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे झाेराहाट नाटकघरमा खुल्ला कविता प्रतियाेगिता सम्पन्न भएको छ। प्रतियाेगिता काेशी साँस्कृतिक प्रतिष्ठान विराटनगरकाे आयाेजना तथा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम क्षेत्र न. ४ काे सहयाेगमा सम्पन्न एको थियाे । खुल्ला कविता प्रतियाेगितामा ३५ जाना कविहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।

जसमा सुनसरीबाट शकुन्तला मञ्जरीकाे “निरक्षर याेगमाया” शिर्षककाे कविता प्रथम भएको थियाे । तेसै गरि मकवापुरका कवि बिर्खे अन्जानकाे “घर” शिर्षककाे कविता द्वितीय भयाे । साथै माेरङबाट बबिता घिमिरेकाे “आयाेग्य सुन्दरी” शिर्षककाे कविता तृतीय स्थानमा पर्न सफल भयाे । साथै कविता प्रतिगाेगितामा तारा पराजुली ढकाल र प्रचुर अभावकाे कविता चाैथाे भएको थियाे ।

खुल्ला कविता वाचन प्रतियाेगितामा प्रथम , द्वितीय , तृतीय तथा चाैथाे स्थानमा पर्न सफल कविहरुलाई प्रमाणपत्रका साथमा नगद पुरस्कार क्रमस १२ हजार , १० हजार, ७ हजार र २ हजार ५ सयद्वारा सम्मान गरिएको थियाे । खुल्ला कविता प्रतियाेगितामा निर्णायकहरु शुभलक्ष्मी लम्साल साहित्यकार मधु पाेखरेल तथा विवश पाेखरेल लगायत रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु रहेका थिए । खुल्ला कविता प्रतियाेगिता भरत गुरागाईं (बर्बरिक) काे संयाेजक तथा गणेश उप्रेती (शशिकिरण) काे सभापतित्वमा सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया