अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

इटहरी/ अभिनेत्री सुरक्षा पन्त पछिल्लो समय कान्स फिल्म फेस्टिभलमा गएर रेड कार्पेटमा हिड्ने पहिलो नेपाली कलाकार भएर चर्चामा छिन् । यसै पनि अभिनयमा क्षमतावान मानिने पन्तको चर्चा भैरहन्छ । यतिबेला भने उनको अर्को एउटा कार्यले धेरैलाई चकित तुल्याउने छ । उनले आफ्नो भेरिफाईड फेसबुक एकाउन्टको प्रोफाईल परिवर्तन गरेकी छन् ।

यति भनिरहदा खासै नौलो रहन्न । तर, उनले प्रोफाईलमा आफ्नो नभएर धरानका नवनिर्वाचित मेयर हर्क साङपाङको तस्विरलाई आफ्नो प्रोफाईलमा राखेकी छन् । यसअर्थमा उनको यो कार्य नौलो मान्न सकिन्छ । एकातिर नौलो त छदैछ, उनको यो कार्य नेपाली कलाकारहरुको इतिहासमा पहिलो पटक नै हुनसक्छ । जे होस पछिल्लो नेतृत्वका लागि स्वतन्त्र माथी विश्वास गर्नेहरुको लाम निकै छ ।

तपाईको प्रतिक्रिया